You are viewing the translated version of आचार संहिता बनाउन सक्ने.

Section 31
आचार संहिता बनाउन सक्ने
(१) केन्द्रले समितिको स्वीकृति लिई जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था वा निकायले पालन गर्नु पर्ने गरी आचार संहिता बनाई लागू गर्न सक्नेछ।
(२) प्रदेश सरकारले उपदफा (१) बमोजिम बनाएको आचार संहिताको प्रतिकूल नहुने गरी प्रदेश भित्रका जीवनाशक विषादीको बिक्री वितरण, भण्डारण, व्यवसायिक प्रयोगकर्ता र थोक तथा खुद्रा बिक्रेताले पालना गर्नु पर्ने गरी आचार संहिता बनाई लागू गर्न सक्नेछ।